नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

२२ चैत, काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन ।

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। 

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । 

ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

५ Apr २०२३ , ७:५९am
हाम्रो आवाज