नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
आज विश्व औ‌‌लो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व औ‌‌लो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशाख १२, काठमाडौँ। आज विश्व मलेरिया (औलो) दिवस  । शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयनु भन्ने नाराका साथ विश्वभरि मनाइँदै छ ।

लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औँलो दिवस मनाइँदै छ।

नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन्।

यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरूप घट्न भने सकेको छैन ।

यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।

हरेक डिसेम्बरमा  मलेरिया पीडितहरूको बारेमा रिपोट सार्वजनिक गरिँदै आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने । २०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएका थिए  । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया भएको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया सङ्क्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५  प्रतिशत मलेरिया सङ्क्रमितहरू अफ्रिकामा भेटिएका हुन् । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए । मलेरियाबाट मृत्यु हुनेमा ८० प्रतिशत  ५ वर्ष मुनिका बालबालिका थिए ।

२५ Apr २०२३ , ८:१९am
हाम्रो आवाज