नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कोभिड–१९ बाट थप एक सङ्क्रमितको मृत्यु

कोभिड–१९ बाट थप एक सङ्क्रमितको मृत्यु

वैशाख १३, काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।

२६ Apr २०२३ , ६:३५pm
हाम्रो आवाज