नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
पादरीको ज्यादतिले पुगे प्रहरी चौंकी

पादरीको ज्यादतिले पुगे प्रहरी चौंकी

इटहरी -  जीवन मुक्तिको आशामा २०६३ सालदेखि इसाई धर्ममा लागेका इटहरीका अभिषेक कार्की अहिले विरक्तिएका छन् । उनी अहिले क्रिस्चियनले गर्दा आफ्नो बिल्लीबाठ भएको र चर्चमा पीडामा परेको भन्दै न्यायको खोजीमा छन् ।

नेपालमा दशक बढी देखी धर्म प्रचारमा सक्रिय कोरियन पादरी सोङ जे हुनने नेपालीलाई घरमै गएर धम्की दिएको पीडितहरूले गुनासो गरेका छन् । यही आठ गते परमेश्वरको मन्डली विश्व सूसमाचार समाज (सियोन) चर्चकी विश्वासी इटहरीकी अनु राईको घरमै पुगेर धम्की दिने कोरियन पादरी र उनको उक्साहटमा कुटपिट र धम्की दिनेहरूलाई प्रहरीले उन्मुक्ति दिएको उनीहरूले बताएका छन् ।

उनले कोरियाली धर्म प्रचारक सङ जा हाङका कारण वैशाख ९ गते आफ्नी श्रीमतीमाथि कुटपिट भएको उनको आरोप छ । उनले आफू पीडित बनेको भन्दै प्रहरीमा उजुरी दिए तर प्रहरीबाट आफूले न्याय नपाएको कार्कीको गुनासो छ । कार्कीले भने, ‘चर्चभित्रको चरम लापरबाहीबारे प्रश्न गर्दा हेला गरेर श्रीमतीमाथि कुटपिट गरे ।’

परिवारले अंशस्वरूप दिएको एक कठ्ठा जग्गासमेत चर्चमा बुझाएको उनले सुनाए । आफूलाई चर्चका पास्टरहरूले परिवार नियोजन गर्न लगाएपछि विराटनगरको मेरी स्टोप सेण्टरमा परिवार नियोजन गरेको उनको भनाइ छ । ‘मलाई चर्चले साह्रै अन्याय गर्यो’ उनले दुःखेसो गदै भने, ‘मैले चर्चका ठूलाहरूले जे जे भन्यो त्यही मान्दा आज मेरो बिल्लीबाठ भयो ।’

कोरियाली धर्म प्रचारक सङ जा हाङले ‘सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ’ भन्दै परिवार नियोजन गर्न लगाएको र जे जे भन्यो त्यो मानेर आफूले दुःख पाएको उनको गुनासो छ । धर्मविरोधी र दिमाग बिग्रिएको भन्दै आरोप लगाएर एक्लो बनाउन खोजेको उनको भनाइ छ । उनले ‘यिनै धर्मका पादरीहरूले सन् २०१२ पछि विश्व ध्वस्त हुन्छ भने तर किन भएन ?’ जस्ता १५ वटा प्रश्न गरेका थिए । जुन प्रश्नको सामना गर्नुको साटो आफूलाई धर्मविरोधी भन्दै आक्रमण शुरु भएको उनको उनको भनाइ छ ।

वैशाख ७ गते शनिबार सोही चर्चकी विश्वासी प्रमिला राईको समूहले इटहरी–२ की अनु राईमाथि आक्रमण गरेको थियो । तिनै कोरियालीको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको भन्दै कोरियन नागरिक विरुद्ध प्रहरीमा उजुरी परेको छ । कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको छ । भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हाङका कारण परिवारभित्रै विग्रह शुरु भएको हो । लामो समयदेखि ‘इन्टरनेसनल वी लभ यु’ फाउण्डेसनको नाममा नेपाल छिरेका सङ जा हाङ इसाई धर्म प्रचारमा सक्रिय हुँदै आएको बताइएको छ । हाङले ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत् धर्म प्रचार गरिरहेका बताइएको छ ।

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउण्डेसनले काम गरिरहेको छ । तर, फाउण्डेसनको लोगोमा धर्म प्रचार गरेको विषयमा भने सरकारदेखि स्थानीय प्रशासन अनभिज्ञ देखिन्छन् । कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय इटहरीका आइतबार नै किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले भने कुटाकुट भएपछि प्रहरीमा उजुरी परेको बताए । पक्राउ गर्ने आधार नभएका कारण उनलाई पक्राउ नगरेको उनको भनाइ छ ।

आफूले आठैगते किटानी जाहेरी दिएपनि कोरियनलाई रातारात भगाएको पीडित राईको गुनासो छ । पीडितहरूले कोरियनलाई छलफलमा राख्नुपर्छ भन्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनेन्द्रहाङ खजुमले पीडितहरूलाई बाहिर निकालेर छलफल हुन नदिएको बताए । छलफलका प्रत्यक्षदर्शि तथा इटहरीका पत्रकार विकल पौडेलले कोरियन ल्याएपछि मात्रै छलफल हुन्छ भनेपछि सञ्चारकर्मीहरूलाई समेत जबरजस्ती बाहिर जान खजुमले थर्काएको बताए ।

पीडितहरूले इलाका प्रहरी अगाडि रोइकराई गरे पनि प्रहरीले कोरियन नागरिकलाई छलफलमा समेत नबोलाएको पौडेलले बताए । इटहरी ३ मा रहेको परमेश्वरको मन्डली विश्व सूसमाचार समाज (सियोन) चर्च प्रमुख कोरियन नागरिक सोङ जे हुनले आफ्नै चर्चका विश्वासीहरुलाइ यही आठ गते घरमै पुगेर धम्क्याए । चर्चमा भनिएका र बुझाइएका विभिन्न १५ सवालहरूमा प्रश्न गरेको आधारमा आफूहरूलाई घरमै आएर कोरियन मूलका नागरिक हुनले आफूहरूलाई धम्क्याएको पीडित तथा सोही चर्चका विश्वासी अभिषेक कार्कीले बताए । चर्च नजिकै रहेको अनु राईको घरमा चर्चका विश्वासीहरु अभिषेक कार्की, आयुसा चौधरी लगायत भएको अवस्थामा कोरियन नागरिक आएर धम्क्याएको पीडितहरूले बताए ।

पीडित अनु राईका अनुसार उनलाई प्रमीला राईले हातपात गरेकी थिइन । अभिषेक कार्कीलाई अस्लिन शब्द बोल्दै जयराम राईले आक्रमण प्रयास गरेको तर साथीहरूले बताएको आयुसा चौधरीले बताइन । २०१२ मा संसार सकिन्छ भनिएको, बाइबललाई तोडमोड गरिएको लगायतका चर्चका कोरियन पादरीले गरेका विभिन्न १५ हर्कतमा प्रश्नहरू गरेपछि मान्छे उचालेर धक्कि दिने, प्रमाण नष्ट गर्न दबाब दिने पीडितहरूले बताएका छन् ।

चर्चलाई दशांश (कुल आर्जनको दश प्रतिशत) दिने नाममा विश्वासीहरुलाइ अंश माग्न लाउने, डिभोर्स गर्न उक्साउने, चर्चका फुलटाइमर पुरुषलाई परिवार नियोजन गर्न लाउने र महिलाहरूलाई बच्चा हुँदा गर्भपतन गर्न लाउने पनि पीडितहरूले बताएका छन् । कति सम्म भने नक्कली सफ्टवेयर कम्पनी खोलेर भिजिट भिसामा नेपालमा बस्ने कोरियनले नेपालीको लाखौँ पैशा दशांशको नाममा कोरिया लाने पीडितहरूले बताएका छन् । पन्चखाल अनलान

 

२५ Apr २०१९ , १०:१३am
हाम्रो आवाज