
जानकी गाउँपालिकाद्वारा बाख्रा पालनका लागि बाख्रा वितरण
वैशाख २१, बाँके । जानकी गाउँपालिका द्वारा बाख्रा पालन का लागि बाख्रा वितरण गरिएको छ।जानकी गाउँपालिकामा सञ्चालित पालिकास्तरीय २ दिने बाख्रा पालन तालिम सम्पन्न भएपछि तालिम मा सहभागी हरू लाई बाख्रा वितरण गरिएको हो।
कृषि खाध्य प्रविधी तथा भुमी व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशबाट प्रदान गरिएको अनुदान र जानकी गाउँपालिकाको समन्वयमा बुधवार वडा नम्वर ४ का असहाय गरिब किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
बाख्रा पालनका लागी अहिलेलाई करिब ५० वटा बाख्रा वितरण गरेको र पछि थप बाख्रा वितरण गरिने समेत जनाइएको छ ।