नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
भोलिदेखि बजेट अधिवेशन, तयारी पूरा

भोलिदेखि बजेट अधिवेशन, तयारी पूरा

वैशाख २३, काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । दुवै सदनको बैठक भोलि बस्दै छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

 

६ May २०२३ , १०:५९am
हाम्रो आवाज