नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सक्रिय सङ्क्रमितमध्ये एक जना भेन्टिलेटरमा

सक्रिय सङ्क्रमितमध्ये एक जना भेन्टिलेटरमा

वैशाख २४, काठमाडौँ । देशभर थप ३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । 

सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा  ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

७ May २०२३ , ४:५१pm
हाम्रो आवाज