नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नेपालगन्जको पुरैनीमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

नेपालगन्जको पुरैनीमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

वैशाख २७, बाँके । नेपालगन्जको पुरैनीमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

आज दिउँसो साढे १ बजे नेपालगन्ज वडा नम्बर २२ स्थित कान्तितालको गेट अगाडि भे १ ख २२७१  नम्बरको टिपरले युपी ४० जे १ २१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिदा ती भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जबाट कम्दीतर्फ जाँदै गरेको तिब्र गतीमा रहेको उक्त टिपरले विपरीत दिशाबाट नेपालगन्ज आउँदै गरेको  मोटरसाइकललाई  ठक्करबाट दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।
 

१० May २०२३ , ३:१६pm
हाम्रो आवाज