नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बर्दियामा ब्राउन सुगर सहित एक जना पक्राउ

बर्दियामा ब्राउन सुगर सहित एक जना पक्राउ

जेठ १, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.०२ फुटाहा स्थित बाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राऊ गरेको छ।
जिल्ला जुम्ला तिला गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला बाँके खजुरा गाउँपालिका वडा.नं.६बस्ने अं.वर्ष ३३ को दिलिप रोकायालाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको रोकायालाई चेकजाँच गर्दा निजले चलाई लिएको साईकलको अगाडीको हेण्डिलको दाँया तर्फ रहेको घण्टी भित्र पहेलो प्लाष्टिकमा २(दुई) पुरिया बनाई लुकाई छिपाई राखेको लागू औषध फेला पारी पक्राऊ गरेको हो । उनको साथबाट १ ग्राम ०२० मिलिग्राम लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।

१५ May २०२३ , १:३१pm
हाम्रो आवाज