नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सरकारी कार्यालयमा विद्युतीय सवारी खरिदको नीति लिइने

सरकारी कार्यालयमा विद्युतीय सवारी खरिदको नीति लिइने

जेठ ५, काठमाडौँ — आगामी आर्थिक वर्षदेखि सरकारी कार्यालयमा विद्युतीय सवारी खरिदको नीति लिइने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कार्यलयहरुमा विद्युतीय सवारी खरिदको नीति लिने बताए ।

सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने पौडेलले बताए । ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिने उनले बताए ।

१९ May २०२३ , ५:३४pm
हाम्रो आवाज