नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

जेठ १७,  काठमाडौँ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

३१ May २०२३ , ८:१५am
हाम्रो आवाज