नेपाली समय:

वि.सं २०८२ बैशाख २८   आइतबार

EnglishEN
लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

असार १७, बाँके। लागू औषध मुद्दामा फरार एक प्रतिवादी पक्राउपरेका छ्न । पक्राउ पर्ने मा खजुरा गा.पा.वार्ड नं.२ बस्ने वर्ष २१ को अनुज पुन मगर रहेका छन्।

बाँके जिल्ला अदालतको मिति २०७९।०९।०५ गतेको फैसलाले अनुज पुन मगरलाई लागू औषध मुद्दामा ९ महिना २४ दिन कैद सजाय तोकिएकोमा निज हालसम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको प्रहरी टोलीले मिति २०८०।०३।१७ गते निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको बाँके प्रहरीले जनाएको छ  ।

२ Jul २०२३ , २:५९pm
हाम्रो आवाज