नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
परिसूचकसँगै घट्यो कारोबार रकम

परिसूचकसँगै घट्यो कारोबार रकम

भदौ २, काठमाडौँ । यो साता नपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो ।

सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो । यो साता नेप्से परिसूचक आइतबार र बिहीबार मात्रै बढेको थियो । आइतबार १४.८१ अंकले बढेको नेप्से बिहीबार ८ अंकले मात्रै बढेको थियो ।

यसबाहेक, सोमबार ३ अङ्क, मङ्गलवार ३१.८० अङ्क र बुधवार २०.३१ अंकले परिसूचक खुम्चिएको हो । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो सातामा भने १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले न्यून हो । यस्तै, यो साता नेप्सेको पुँजीकरण समेत खुम्चिएको छ । नेप्से पुँजीकरण ०.५९ प्रतिशतले घटेसँगै ३० खर्ब ४३ अर्बमा आइपुगेको छ । गत साता नेप्से पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।

१९ Aug २०२३ , १२:१८pm
हाम्रो आवाज