नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
काठमाण्डौं महानगरपालिका विरुद्ध प्रदर्शनी

काठमाण्डौं महानगरपालिका विरुद्ध प्रदर्शनी

भदौ ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सडकमा  साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन भएको छ ।

 शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले आज तेस्रो पनि राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका हुन् ।  विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिएका थिए ।

सडक मजदूर तथा उद्यमीलाई विस्थापित गर्दै तिनको व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाई लिलाम गर्ने कार्य संविधान, कानून, र मानवता असंगत भएको अभियन्ताहरुको भनाइ छ । जसका कारण १०,००० भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ताहरुको भनाइ छ । 

आजको प्रदर्शनमा गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौँमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ,लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

 

 

 

 

२० Aug २०२३ , २:०५pm
हाम्रो आवाज