
लगातार वर्षाका कारण बाँकेका विभिन्न श्चेत्र प्रभावित
भदौ ८, बाँके । पांच दिनदेखि भइरहेको लगातार वर्षाका कारण बाँके का विभिन्न श्चेत्र प्रभावित भएको छ ।
पछिल्लो तीन घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एयरपोर्ट वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज बिहान ७:५५ बजे गरेको मापन अनुसार यस क्षेत्रमा भारी बर्षा भईरहेको जनाएको छ।
लगातारको वर्षाका कारण नेपालगज उपमहानगरपालिकाका विभिन्न वडामा घर तथा टहराहरू डुबानमा परेका छन्। समय मै स्थानीय निकायले नालाहरू सरसफाई नगरेकोले पानी निकास हुने मुहान नै बन्द हुनेभएकोले डुबानमा पर्ने जनाएका छन्।