नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
स्वास्थ्य सेवा विभागले माग्यो १० जना सुरक्षा गार्ड

स्वास्थ्य सेवा विभागले माग्यो १० जना सुरक्षा गार्ड

भदौ १५, काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ । विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ ।  साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ ।

१ Sep २०२३ , ९:१०am
हाम्रो आवाज