
बाँकेमा करिब २० हजार बराबरको अवैध काठ सहित एक जना पक्राउ
भदौ २२, बाँके । बाँकेमा करिब २० हजार बराबरको अवैध दाउरा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको जानकी गाउँपालिका ४ बस्ने ३० वर्षिय हिक्मत अलि रहेका छन् ।
भ २ त ५०१४ नम्बरको ट्याकटरमा लोड गरी राखेको काठ सहित उनलाई बि. ओ.पी जयसपुर बाँकेले नियन्त्रणमा लिएर कारबाहीका लागि डिविजन वन कार्यालय बाँकेमा बुझाएको छ।