नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

असाेज ४, काठमाडौं । सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकले सरकारसँग वार्ता थालेका छन्।

बुधबार काठमाडौंमा विशाल प्रदर्शन गरेका उनीहरु बिहीबार सरकारसँग वार्तामा बसेका हुन्। आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि वार्ता सुरु भएको छ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी छन्। यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन्।

शिक्षकहरुले आन्दोलन घोषणा गर्दा नै सरकारले वार्ताको लागि आह्वान गरेको थियो। शिक्षामन्त्री राईले वार्ताका लागि आह्वान गरेपनि शिक्षकहरुले वार्ता अस्वीकार गरी बुधबार काठमाडौंमा प्रदर्शन गरेका थिए।

२१ Sep २०२३ , १०:२३am
हाम्रो आवाज