नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
शिक्षकसँग आजै सहमति गर्ने सरकारको तयारी

शिक्षकसँग आजै सहमति गर्ने सरकारको तयारी

असाेज ५, काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहित मन्त्रीहरूको बैठकले शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी काम गर्न वार्ता टोलीलाई निर्देशन दिएको छ। शिक्षकका मागका विषयमा छलफल गर्न सरकारी वार्ता टोली सहित मन्त्रीहरूको बैठक बसेको हो।

विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन्। उनीहरू काठमाडौं आएर विरोध गरिरहेका छन्।

सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, मुख्यसचिव वैकुण्ठ अर्याल र विभागीय सचिवसँग सहित छलफल भएको हो।

शिक्षकका जायज माग सम्बोधन हुने गरी वार्तालाई आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको जनाएको छ।
 

२२ Sep २०२३ , १२:४३pm
हाम्रो आवाज