नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न त्रिविको माग

स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न त्रिविको माग

असोज १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका चिकित्सक र स्वास्थ्यकर्मी स्वदेश तथा विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरेकाले केही उच्छृङ्खल तत्वले उपचारमा लापरबाही भयो भनेर शृङ्खलाबद्ध रूपमा आक्रमण गनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले चिकित्सक र स्वास्थ्यकर्मीले रातदिन, बिरामीको चित्कार, पारिवारिक समस्या, चाडबाड, बाढीपहिरो, महामारीलगायतका परिस्थितिमा पेसागत निष्ठामा रहेर काम गरेकाले सम्मान गर्न आग्रह गरेको छ । 

६ Oct २०२३ , ९:३०am
हाम्रो आवाज