नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
जनकपुर विमानस्थलमा सुरक्षा उल्लंघनमा इन्चार्जसँग स्पष्टीकरण सोध्ने तयारी

जनकपुर विमानस्थलमा सुरक्षा उल्लंघनमा इन्चार्जसँग स्पष्टीकरण सोध्ने तयारी

असोज २४, काठमाडौँ । जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्जलाई स्पष्टीकरण सोध्ने भएका छन् ।

बुधबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा एमाले नेता कार्यकर्ताहरु सुरक्षा उल्लंघन गर्दै धावनमार्गमै पुगेका थिए । यति एयरलाईन्सको विमान चढेर ओली जनकपुर पुग्दा ओलीको स्वागत गर्न एमाले नेता कार्यकर्ताहरु विमानको ढोकासम्मै पुगेका थिए ।

विमान्स्थलले भीआइपीको स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिर पाँचजना मात्र जान पाउने नियम बनाएको छ । तर बुधबार त्यो नियम तोडिएपछि विमानस्थलले विमानस्थल सुरक्षा प्रमुखलाई स्पष्टीकरण सोध्न लागेको बताए । 

‘भीआइपीको स्वागतका लागि स्थान तोकिएको छ । संख्या पनि तोकिएको छ तर बुधबारको घटनाले हवाई सुरक्षाको उल्लंघन भएको छ’, प्रमुख पन्तले हाम्रो आवाजसँग भने,‘ डीएसपी र एन्सपेक्टरले रोक्दा रोक्दै पनि कार्यकर्ताहरु धावनमार्गमा पुगे ।’ उनले हवाई सुरक्षा उल्लंघन फेरि पनि हुन नदिन धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डलाई समेत ध्यानाकर्ष गराउने तयारी गरेको बताए । जनकपुर विमानस्थलको सुरक्षा प्रमुख नेपाल प्रहरीका सइ चौधरी यादव रहेका छन् ।

११ Oct २०२३ , ४:२९pm
हाम्रो आवाज