नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
बाँकेमा लागु औषध सहित एक पक्राउ

बाँकेमा लागु औषध सहित एक पक्राउ

कार्तिक ६, बाँके । बाँकेमा लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँके डुडुवा बस्ने वर्ष  २८ को उदय राज मौर्या रहेका छन ।

पक्राउ परेका मौर्या लाई बाबुगाउँ स्थित भित्री सडकखण्डमा व.प्र.का.ने.गं., लागू औषध नियन्त्रण ब्यूरो नेपालगंज बाँके र तालुक लु.प्र.अनुसन्धान समुहबाट खटिएको संयुक्त प्रहरी टोलिले बालेगाउँबाट बाबुगाउँ तर्फ आउदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मौर्यालाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाईन्टको खल्तिबाट ५० ग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरिएको बाँके प्रहरी ले बताएको छ ।

२३ Oct २०२३ , २:०२pm
हाम्रो आवाज