नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
प्रशासनको सक्रियतामा शान्ति पूर्वक मुर्ति विसर्जन सम्पन्न

प्रशासनको सक्रियतामा शान्ति पूर्वक मुर्ति विसर्जन सम्पन्न

कार्तिक ९, नेपालगज । बाँकेमा विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भवानी को मुर्ती कडा सुरक्षा व्यवस्था का साथ विर्षजन गरिएको छ ।

बाँकेमा गत समय भएको विवाद लाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्थाका साथ मुर्ति विसर्जन मा सबै पक्ष को महत्त्वपूर्ण भूमिका रहेको थियो।

सदभावको सहरको रूपमा आफ्नो पहिचान स्थापित गरेको नेपालगन्जमा विभिन्न धर्म का अगुवा र बुद्धिजीवी व्यक्तिहरूको उपस्थितिमा शान्त र सौहार्दपूर्ण वातावरणमा मुर्ति विसर्जन कार्य सम्पन्न भएको बाँके प्रशासनले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा स्थापना गरिएका करिव ४ सय दुर्गा भगवतीका मूर्तीहरु शान्तिपूर्वक विषर्जन गर्न सुरक्षाथ १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको बताएका छ्न। यसका साथै संवेदनशील मानिएका ठाउँ हरूमा प्रहरी को विशेष निगरानी रहेको थियो।

२६ Oct २०२३ , १२:२६pm
हाम्रो आवाज