नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
जबरजस्ती करणी गरी फरार रहेका एक जना बाँके प्रहरीद्वारा पक्राऊ

जबरजस्ती करणी गरी फरार रहेका एक जना बाँके प्रहरीद्वारा पक्राऊ

कार्तिक १३, बाँके । जबरजस्ती करणी गरी हाल सम्म फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३९ को जन्जिर थारु रहेका छन् । थारुले बर्दिया नेपालगंज उप-महानगरपालिका वडा नं. ६ स्थित डेरा मा वस्ने वर्ष ४५ की महिलालाई जबरजस्ती करणी गरेका थिए।

आफ्नै घरमा लुकिछीपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वैजापुर बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रबार थारुलाई पक्राऊ गरिएको बाँके प्रहरीले जनाएको छ।

उनलाई पक्राऊ गरी आवश्यक कारबाहीको लागी बाँके जिल्ला अदालत नेपालगंजमा बुझाईएको प्रहरीले जनाएको छ।

३० Oct २०२३ , ११:४४am
हाम्रो आवाज