नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
कांग्रेसले महासमिति बैठक फेरि सार्‍यो

कांग्रेसले महासमिति बैठक फेरि सार्‍यो

कार्तिक २१, काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताए । 

‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्व हुनेभयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले हाम्रो आवाजसँग भने । 

कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।

७ Nov २०२३ , ३:५८pm
हाम्रो आवाज