नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
कालपृष्ठ दैनिक आयोजनामा 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' कन्सर्ट हुने

कालपृष्ठ दैनिक आयोजनामा 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' कन्सर्ट हुने

कार्तिक २२, बाँके । नेपालगजमा यही कार्तिक २४ गते 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' कन्सर्ट हुने भएको छ । 

कालपृष्ठ दैनिकले यो पहिलोपटक आयोजना गर्न लागेको 'रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी' नामक कन्सर्टका बारेमा नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

उक्त कन्सर्ट मा नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक बाँके खजुराका सुनिल सिंह ठकुरीले दर्शकमाझ आफ्नो प्रस्तुति राख्नेछन् । 

नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा पनि योगदान गर्ने  विश्वास जनाइएको आयोजक ले जनाएका छ्न । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्च गरिने बताइएको छ ।

८ Nov २०२३ , ९:४२am
हाम्रो आवाज