भेरीमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्शदाता तोकियो
कार्तिक २२, बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामजिक परामर्शदाता व्यवस्था गरिएको छ ।
मनोसामाजिक परामर्शका लागि मानसिक रोगसंग सम्बन्धित जनशक्ति व्यवस्थापन गरिएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेले जनाएको छ ।
मनोसामाजिक परामर्शका लागि कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीलाई जिम्मेवारी तोकिएको जनाइएको को छ ।