नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
खुकुरी प्रहार गरी फरार रहेका आकाश बाँके प्रहरीको  नियन्त्रणमा

खुकुरी प्रहार गरी फरार रहेका आकाश बाँके प्रहरीको नियन्त्रणमा

मंसिर ३, बाँके । खुकुरी प्रहार गरी फरार रहेका एक जना व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका १ चिसापानी घरभई कोहलपुर नगरपालिका वडा नं ११ बस्ने वर्ष ३० को आकाश राना रहेका छन्।

रानाले कोहलपुर चपर्गौडी बस्ने वर्ष २९को मिनबहादुर बि. क लाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका थिए । रानालाई बाँके प्रहरीले खोजतलास गर्ने क्रममा बाँकेको जानकी गाउँपालिका वडा नं ४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसेको अवस्थामा रानालाई पक्राउ गर्न खोज्दा प्रहरी लाई नै धरपकल गरी भाग्ने प्रयास गर्दा प्रहरी टोलीले ३ राउण्ड गोली फायर गरी पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

१९ Nov २०२३ , ७:४१am
हाम्रो आवाज