
नाबालिकालाई बलात्कार गर्ने ४० वर्षीय व्यक्ति पक्राउ
मंसिर ६, बर्दिया । नाबालिकालाई बलात्कार गर्ने ४० वर्षीय प्रकाश खवासलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
मिति २०८०।०७।२८ गते राती १० बजेको समयमा जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा नं. -०६ बस्ने वर्ष ४० को प्रकाश खवासले आफ्नै गोठमा नाबालिका लाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सी राम अर्यालले जानकारी गराएका छन् ।