नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
चीनबाट चोरेर ल्याएका मोटरसाइकल मुस्ताङ–डोल्पा सीमाबाट बरामद

चीनबाट चोरेर ल्याएका मोटरसाइकल मुस्ताङ–डोल्पा सीमाबाट बरामद

मंसिर ५, पोखरा । चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल बरामद भएका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए । 

उनका अनुसार चारवटै मोटरसाइकल चीनबाट भन्सार छलेर ल्याइएको हो । 'मुस्ताङबाट डोल्पा सप्लाई गर्न लागेको सूचना पाएपछि प्रहरीले बरामद गरेको हो,' उनले भने । 

प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमान्डमा गएको ५ जनाको टोलीले मोटरसाइकल बरामद गरेको पाण्डेले बताए । 

ती मोटरसाइकलको मूल्य करिब १० लाख पर्ने अनुमान गरिएको छ । मोटरसाइकल सबै मुस्ताङ भन्सार कार्यालय पठाइएको छ । त्यस क्षेत्रबाट मोटरसाइकल चोरी निकासी बढेको सूचना आइरहेको पाण्डेले सुनाए ।

२२ Nov २०२३ , १२:२२pm
हाम्रो आवाज