नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
तनहुँ दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ दुर्घटनामा २ जनाको मृत्यु

मंसिर १३, पोखरा(रासस) । तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । चालक सहित अन्य ३४ जना घाइते छन् । बिहान ब्यास नगरपालिका १२ घाँसीकुवामा पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

दुर्घटनामा ३६ जना घाइते थिए । दुईजनाको चाहिँ दमौलीमा उपचारको क्रममा निधन भएको हो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली अस्पतालमा मृत्यु भएको हो । 

घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । ८ जनालाई थप उपचारका लागि मनपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने १ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

२९ Nov २०२३ , १०:१६am
हाम्रो आवाज