नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
राष्ट्रियसभा निर्वाचन : मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

राष्ट्रियसभा निर्वाचन : मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

मंसिर १५, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलेले शुक्रवार जारी गरेको विज्ञप्तिमा मङ्सिर २४ गते देखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ । 

राजनीतिक दल दर्ता भएपश्चात् पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरेको छ ।

 

१ Dec २०२३ , ३:०२pm
हाम्रो आवाज