
ब्राह्मण समाज नेपालको अधिवेशन सम्पन्न अध्यक्ष मा ' 'शालिकराम आचार्य' चयन
मंसिर- १७, नेपालगज । ब्राह्मण समाज नेपाल नेपालगन्ज उपमहानगरपालिका नगर कार्यसमितिको दोस्रो महाधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न उक्त महाधिवेशनबाट शालिकराम आचार्य अध्यक्ष मा चयन भएका छन् भने उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
यसैगरी उपाध्यक्षमा मदनराज शर्मा, सचिव चेतनारायण शर्मा, कोषाध्यक्ष अनन्तप्रसाद कँडेल र सहसचिव कल्पना रेग्मी घिमिरे चयन भएको ब्राहृमण समाज नेपाल ले जनाएको छ ।