नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

पुष १, सुर्खेत। वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटना शनिवार रातिको हो। नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–११, सुब्बा कुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षीय मनोज सुनार गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त  घटनालाई लिएर अहिले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन्।

१७ Dec २०२३ , ४:१०pm
हाम्रो आवाज