नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
नेप्से सूचक ३६ अंकले बढ्यो

नेप्से सूचक ३६ अंकले बढ्यो

पुस २२, काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक २.६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२८ प्रतिशतले बढेका छन् । 

यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक १.६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक १.१७ प्रतिशतले, निर्जीवन बीमा समूह १.४२ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूहको उपसूचक आज ०.५९ प्रतिशतले बढेको छ । तर म्युचुअल फन्डको उपसूचक भने आज ०.०१ प्रतिशत (झिनो) ले घट्न पुगेको छ । 

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो । 

३६ अंकले नेप्से सूचक बढेको यस दिन ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

८ Jan २०२४ , ३:४४pm
हाम्रो आवाज