नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
सिरहा - सिरहामा एक महिलालाई आफ्नै श्रीमानले मट्टीतेल छर्केर आगो लगाए

सिरहा - सिरहामा एक महिलालाई आफ्नै श्रीमानले मट्टीतेल छर्केर आगो लगाए

सिरहा - सिरहामा एक महिलालाई आफ्नै श्रीमानले मट्टीतेल छर्केर आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् ।

सिरहा नगरपालिका वडा नम्बर-८ की २१ वर्षीया कञ्चनदेवी मण्डललाई श्रीमान बेचन मण्डलले जलाएर हत्याको गर्ने प्रयास गरे । आगोले कञ्चन शरीरको करिब ८० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमले जानकारी दिए ।

जलिरहेकी कञ्चनलाई गाउँलेले तत्कालै उद्धार गरी मिर्चैया नगरपालिका वडा नम्बर-६ कटारी चौक स्थित रहेको मंगलम् हेल्थ केयर पुर्याएको थियो । तर त्यहाँ उपचार सम्भव भएन । त्यसपछि उनलाई थप उपचारको लागि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । तर धरानमा पनि उनको उपचार सम्भव नभएपछि काठ्मान्डौं रिफर गरिसकेको छ ।

घरायसी विवादमा कञ्चनलाई जिउमा श्रीमानले आगो लगाएर जलाउने प्रयास गरेको थियो । आगो लगाउने श्रीमान बेचन फरार छन्। उनको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमूख प्रहरी उपरीक्षक (एसपी) जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

 

२६ Apr २०१९ , ५:५३pm
हाम्रो आवाज