नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
बागमती प्रदेशमा ६ मत खस्न बाँकी

बागमती प्रदेशमा ६ मत खस्न बाँकी

माघ ११, हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा ६ मत खस्न बाँकी रहेको छ । निर्वाचनमा अहिलेसम्म ११० प्रदेश सांसदहरुमध्ये १०८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ २४७ मध्ये २३३ जनाले मतदान गरेका छन् । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मतदान गर्न बाँकी छ ।

उपाध्यक्ष लामा मतदानका लागि आउँदैछिन भने अन्य जनप्रतिनिधिहरु मतदानका लागि नआउने बुझिएको छ ।

२५ Jan २०२४ , २:१८pm
हाम्रो आवाज