नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
नेपालगंज जमुनाहा नाकाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

नेपालगंज जमुनाहा नाकाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

माघ १४, बाँके । नेपालगंज जमुनाहा नाकाबाट ब्राउन सुगर सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगरका २१ वर्षीय राज वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपाल भारत सीमा नाका रुपैडिहाबाट नेपालगंज तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध व्युरो बाट खटिएको प्रहरी टोलिले शंकाको आधारमा जाँच गर्दा लागु औषध ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी गराएको छ।

लागु औषध ब्राउनसुगर सहित पक्राउ परेका वली माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ।

२८ Jan २०२४ , १२:१९pm
हाम्रो आवाज