नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
यातायात कार्यालय नेपालगंजमा पनि अनलाइनबाट सवारी दर्ता सुरू

यातायात कार्यालय नेपालगंजमा पनि अनलाइनबाट सवारी दर्ता सुरू

माघ १९, बाँके। लुम्बिनी प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयलको निर्णय पछि अब बाँकेको नेपालगंज यातायात कार्यालयमा पनि अनलाइनबाट सवारी दर्ता सुरू भएको छ ।

अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात ब्यवस्था कार्यालय नेपालगज बाँकेले जनाएको छ ।

यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी गर्दा सहज भएको सवारीधनीहरूको भनाई रहेको छ।

लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय प्रदेशका यातायात कार्यालयमार्फत सवारी दर्ता अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेपछि यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेले पनि विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेको अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।

२ Feb २०२४ , ३:४६pm
हाम्रो आवाज