नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
यातायात मन्त्री प्रकाश ज्वालाले नेपालगगंज–गुलरिया सडक खण्डको निरीक्षण गरे

यातायात मन्त्री प्रकाश ज्वालाले नेपालगगंज–गुलरिया सडक खण्डको निरीक्षण गरे

फागुन ५, बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगगंज–गुलरिया सडक खण्डको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा रहेका मन्त्री ज्वालाले समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन्। आवश्यक मापदण्ड पूरा गरी सडक निर्माण गर्नुपर्ने मा निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

निर्माणाधीन उक्त सडकको गुणस्तरियतामा कुनै सम्झौता नगरिने र विकास निर्माणको काममा ढिलासुस्ती गर्न नपाइने मन्त्री ज्वालले बताएका छन् ।

१७ Feb २०२४ , १२:२६pm
हाम्रो आवाज