नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
झलनाथसँग चिनियाँ राजदूतको भेटवार्ता

झलनाथसँग चिनियाँ राजदूतको भेटवार्ता

फागुन १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता भएको छ । राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो । 

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए । खनाल–राजदूतबिचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

२७ Feb २०२४ , ११:२०am
हाम्रो आवाज