नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
लागु औषध चरेश सहित २ जना बाँके  प्रहरीद्वारा पक्राउ

लागु औषध चरेश सहित २ जना बाँके प्रहरीद्वारा पक्राउ

फागुन १८, बाँके । २ किलो ७०० ग्राम लागु औषध चरेश सहित २ जना बाँके  प्रहरीद्वारा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा न.१२ चप्परगौडी बस्ने बर्ष २५ को प्रकाश सिह र सोही ठाउँ मा बस्ने बर्ष १९ को मिलन बि.क रहेका छन्।

पक्राउ परेका दुबै जना लाई लागु औषध चरेश बिक्रि बितरण भइरहेको रहेको भन्ने बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँके, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर समेतको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी निजहरुलाई लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाएका छन्।

पक्राउ परेका दुबै जनालाई खानतलासी गर्दा निजहरु मध्येप्रकाश सिहले हातमा बोकी राखेको रातो रङको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको र उक्तपदार्थ लाई तत्काल नाप तौल गर्दा २ किलो ७०० ग्राम रहेको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जना अहिले बाँके प्रहरीको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

१ Mar २०२४ , १०:५१am
हाम्रो आवाज