नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
नेपालगंजमा भन्सार छलेर सामान ल्याउने काममा बढोत्तरी

नेपालगंजमा भन्सार छलेर सामान ल्याउने काममा बढोत्तरी

फागुन २०, बाँके। नेपालगंज १५ जमुनाह स्थित अबैध रुपमा भारतबाट भन्सार छली गरेर ल्याएको अवैध भन्सार छलिको सामान बरामद गरिएको छ।

भन्सार छलेर ल्याइएको लेडिज कुर्ता सुरवाल, चप्पल, थानको कपडा लगायत का अन्दाजी मुल्य रु. ‍१ लाख ७ हजार २०० बराबरको सामान बरामद  गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दिनहु भारतीय सीमानाकासँग जोडिएको नेपालगंजमा दिनहु अवैध भन्सार छलेर ल्याइएको विभिन्न सामान हरू बरामद हुने गरेको छ।

तस्कर र प्रहरीसँगको सेटिङबाटै भन्सार छलेर सामान भित्रिने गरेको व्यापक जनगुनासो रहेको छ। बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

३ Mar २०२४ , ८:१३pm
हाम्रो आवाज