नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
बालविवाह न्यूनीकरणका लागि  बर्दियामा सचेतनामुलक कार्यक्रम

बालविवाह न्यूनीकरणका लागि बर्दियामा सचेतनामुलक कार्यक्रम

फागुन २४, बाँके ।  बालविवाह न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी सहायक निरीक्षक खिम बहादुर डाँगी सहितको प्रशिक्षक प्रहरी टोलीले बढैयाताल गाउपालिका वडा नं. ०५ जगतिया स्थित श्री सरस्वती माद्यामिक बिद्यालय जगतियामा अध्ययनरत बिद्यार्थी  शिक्षक/ शिक्षिकाहरुको सहभागितामा "बालबिबाह" न्यूनीकरण सम्बन्धी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बर्दियाको सयुंक्त आयोजनामा  सचेतनामुलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ।

संवेदनशील क्षेत्र पहिचान गरी उक्त सचेतनामुलक कार्यक्रम नियमित रूपमा अगाडि बढाउँदै लैजाने जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक 'तुलसीराम अर्याल' ले बताएका छन्।

७ Mar २०२४ , ६:४४pm
हाम्रो आवाज