नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
बांकेको डुडुवा गाउँपालिकामा एउटा नक्कली औषधि पसल सिल

बांकेको डुडुवा गाउँपालिकामा एउटा नक्कली औषधि पसल सिल

फागुन २५, बाँके। बांकेको डुडुवा गाउँपालिका वडा न.६ चौधरीपुर्वामा एउटा नक्कली औषधि पसल सिल गरिएको छ। सिल गरिएको पसलसंगै एक जना नक्कली औषधि बिक्रेतालाई समेत बांके प्रशासनले पक्राउ गरि निजको औषधि पसल सिल गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बिकास लखेर नामक व्यक्तिसंग औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र नभएको र उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै भएको कारण औषधि पसल सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसंग समन्वय गरि नक्कली बिक्रेता निज बिकास लखेरलाई औषधि बिक्री बितरण  संबन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

८ Mar २०२४ , ४:२३pm
हाम्रो आवाज