नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
अस्पतालमा चिकित्सक को अभाव हुँदा स्वास्थ्य उपकरण प्रयोग विहिन अवस्थामा।

अस्पतालमा चिकित्सक को अभाव हुँदा स्वास्थ्य उपकरण प्रयोग विहिन अवस्थामा।

 

हेटौँडा, २ वैशाख : अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा स्वास्थ्य उपकरण प्रयोग विहिन अवस्थामा छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण प्रयोग विहिन अवस्थामा रहेको अस्पताल सञ्चालक समितिले जनाएको छ। 

अस्पतालमा चिकित्सक नभएर उपकरण प्रयोगविहीन भएको बाध्य भएको बताउँदै सञ्चालक समितिले चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई दबाब दिइएको जनाएको छ ।

मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन प¥यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन न मिलेको बताइएको छ। विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको सञ्चालकसमितिले जानकारी दिएको छ ।

१४ Apr २०२४ , ९:५६am
हाम्रो आवाज