नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
गाजा युद्धविराममा इजराइल–हमास वार्ता रोकियो– मध्यस्थकर्ता कतार ।

गाजा युद्धविराममा इजराइल–हमास वार्ता रोकियो– मध्यस्थकर्ता कतार ।

 

बैशाख- ५

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताउनुभएको छ । 

प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौँ र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ ।”

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ । 

प्रधानमन्त्री शेख मोहम्मदले भन्नुभयो, “अगाडि बढ्न, गाजामा मानिसहरूले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकहरूलाई फिर्ता गर्न वार्ताकारहरूले प्रयास गरिरहेका छन् ।”

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिना प्रगति बारम्बार वार्ता असफल भयो । यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुश्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ । 

“युद्धको दायराको विस्तारविरुद्ध यो युद्धको प्रारम्भदेखि नै चेतावनी दिइएको थियो र आज हामीले विभिन्न मोर्चामा युद्ध देखिरहेका छौँ”, कतारी प्रधानमन्त्रीले भन्नुभयो, “हामी लगातार अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो जिम्मेबारी सम्हाल्न र यो युद्धलाई रोक्न आह्वान गरिरहेका छौँ ।”

उहाँले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताउनुभयो ।

१७ Apr २०२४ , ९:२५pm
हाम्रो आवाज