नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
दुबई मा प्रकृति को प्रकोप भारी वर्षापछि आएको बाढीले जनजीवन कष्टकर।

दुबई मा प्रकृति को प्रकोप भारी वर्षापछि आएको बाढीले जनजीवन कष्टकर।

 

बैशाख- ५

भारी वर्षाले दुबईका जनजीवन अस्तव्यस्त भएको छ भने विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् । विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । 

संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।  

प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन् । 

दुबई विमानस्थलका प्रवक्ताले भन्नुभयो, “उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौँ ।”

पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ । 

विमानस्थलमा ट्याक्सीहरूको लामो लाइन लागेको छ र ढिलाइले यात्रीहरू यताउता गरिरहेका छन् । मङ्गलबारको मुसलधारे वर्षाले धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । 



 

    

१७ Apr २०२४ , ९:५१pm
हाम्रो आवाज