नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
बाँके प्रहरीद्धारा भन्सार छ्लीको लाखौं को अवैध सामान बरामद।

बाँके प्रहरीद्धारा भन्सार छ्लीको लाखौं को अवैध सामान बरामद।

 

वैशाख -१०

नेपालगंज - बाँके प्रहरीले भन्सार छ्लीको करिब ३ लाख बराबरको सामग्री बरामद गरेको छ । 

नेपालगंज - जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-४ बसपार्कस्थित गोविन्द महतको घर अगाडि भारतबाट भन्सार छलेर चोरी निकासी पैठारी गरी ल्याइएको चामल २५ केजीको ८५ बोरा, चिनी २५ केजीको ९१ बोरा, चकलेट ५ बोरा, डिजिटल तराजु १ थान र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको हो । 

ती अवैध सामग्रीको अन्दाजी मूल्य २ लाख ९२ हजार २ सय ५० रहेको बाँके प्रहरी का सुचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाएका छन्।

२२ Apr २०२४ , २:३६pm
हाम्रो आवाज