नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्छ: सभापति देउवा ।

संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्छ: सभापति देउवा ।

काठमाडौँ, १० वैशाखः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिनुभयो । “नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।” उहाँले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गर्नुभयो । उहाँले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्न समेत गर्नुभयो ।

२३ Apr २०२४ , २:५१pm
हाम्रो आवाज